आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफा चिहान बन्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २९ गते, बुधबार ०६:५२

काठमाडौं ।गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफा चिहान बन्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अस्पताल भित्र र बाहिर शवहरू थुप्रिएका छन्।

समयपूर्व जन्मिएका दर्जनौं शिशुहरु तथा र डायलासिस गर्नुपर्ने मिर्गौला रोगीलाई समेत इन्धनको अभावले राम्रोसँग उपचार गर्न नसकिएको राष्ट्रसंघका प्रवक्ताले बताएका छन्।

गाजाका दुई ठूला अस्पतालहरू अलख्शिफा र अल–कुड्स इन्धन सकिएपछि अहिले बन्द भएका छन्। हालैका दिनहरूमा गाजा शहरको अस्पतालहरु नजिकै आक्रमण भइरहेको समचार छ।

गाजाका अस्पतालहरू इजरायली सेनाहरूले घेरामा राखेका छन्। इजरायलले गाजाका अस्पतालहरु मुनि हमासको नियन्त्रण केन्द्र रहेको आरोप लगाउँदै अस्पताल वरपर आक्रमण गरिरहेको छ । तर हमासले भने सो कुरा अस्वीकार गरेको छ।

इजरायलले अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि ईजरायलले गरेको आक्रमणमा ११ हजार २ सय भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।

त्यसैगरी इजरायलमा हमासको आक्रमणबाट १२ सय भन्दा बढीको ज्यान गएको छ। २ सय ४० भन्दा बढीलाई बन्धक बनाईएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु