काठमाडौं ।‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले इन्डोनेसियाको “दक्षिणी तङेराङ”, जाकार्ता शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ ।
तीन दशक भन्दा लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले इन्डोनेसियाको “दक्षिणी तङेराङ”, जाकार्ता शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ ।
इन्डोनेसियाको “दक्षिणी तङेराङ”, जाकार्तामा नोभेम्बर ९ देखी १४ सम्म आयोजना भएको मेलामा नेपाल सिङ्गापुर र इन्डोनेसियाको सहभागी थियो।
एभरेष्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक सितल आचार्य “सिता” को ब्यबस्थापन तथा ग्रुपका प्रमुख डा. आरसी कोइराला “रामचन्द्र” को नेतृत्वमा सहभागी हुन त्यतर्फ गएको टोलीमा डा. कोइरालाको साथै नृत्य निर्देशक चुडामणिा फुयाल, नृत्य निर्देशक निरु फुयाल तथा लोक तथा दोहोरी गायक युवराज मगरको सहभागि भएको थिए ।
सोही अवसरमा समुहका प्रमुख डा. आरसी कोइरालाले दक्षिणी तङेराङ नगरपालिकाका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न सकिने सम्भावना बारे तथा भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बारेमा जानकारी दिएका थिए।