आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

आज मंसिर ४ गते सोमबार कस्तो छ आज तपाइको भाग्य? हेर्नुस् राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर ४ गते, सोमबार ०६:४२

आज – ०४ मंसिर २०८० सोमवार को राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्त सँग भेट घाट पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कामको थालनी या योजना बन्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विद्या र नयाँ ज्ञान बढ्नेछ । सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । बहुप्रतीक्षित इच्छा र उद्देश्य सफल हुनसक्छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । साथीभाइसँग असमझदारी बढ्ला । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । प्रेममा मनमुटावका साथै मनमा शङ्का पनि उत्पन्न हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झन्झटिलो काम लिनुपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । विपरित वर्गसँग भेटघाट, साथ र सहयोग मिल्नेछ । शत्रु र विपक्षीहरू पनि पराजित हुन सक्छन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार, व्यवसायमा लाभ मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु