नेप्से आज २३ दशमलव ८२ अङ्कले घटेर एक हजार आठ सय २९ दशमलव ६५ विन्दुमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर ५ गते, मंगलवार १६:५७

काठमाडौँ । शेयर बजार आज मंगलबार झन्डै २४ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८२ अङ्कले घटेर एक हजार आठ सय २९ दशमलव ६५ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीका शेयर झन्डै १० प्रतिशत र मिथिला लघुवित्तको शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर भने आठ प्रतिशतले बढेको छ ।

बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ३६ लाख ७५ हजार कित्ता शेयर ९५ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको सात करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु