मियालाई अमेरिकी संस्था ग्लोबल पिस चेनले शान्ति दूतको उपाधि प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर ६ गते, बुधबार ०९:४६

काठमाडौ ।नेपाली कामदारहरुको बैदेशिक रोजगारको प्रमुख गन्तब्यहरुमध्ये पर्ने कतारलाई कर्मथलो बनाएका मानवअधिकारकर्मी प्रोफेसर मोहम्मद रमजान अलि मियालाई अमेरिकी संस्था ग्लोबल पिस चेनले शान्ति दूतको उपाधि प्रदान गरेको छ । ग्लोबल पिस चेनको सेलेक्सन कमिटीले प्रो. मियालाई सामाजिक कार्य गर्दै शान्ति कायम राख्न र समाजमा गरेको कार्यको मूल्यांकन गर्दै शान्ति दूतको उपाधि प्रदान गरको हो ।

लेखक तथा अरबी साहित्यकारको समेत परिचय बनाएका प्रोफेसर मियालाई कतारमा नेपाली समुदायमा हार्दिकता, मेलमिलाप जस्ता उत्कृष्ट मानवीय तथा सामाजिक कार्य गरेको ठहर गर्दै शान्ति दूतको उपाधि प्रदान गरिएको अक्सा हमीदी र कामरान जफरद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । कतारबाट शान्ति दूतमा छनोट भएका प्रो. मिया कतारको नेपाली समुदायका अग्रणी व्यक्तित्व हुन् ।

करिब डेढ दशकदेखि कतारमा रहेर मानव अधिकारको क्षेत्रमा काम गरेका प्रो. मियाले ‘मैले देखेको कतार’ पुस्तक प्रकाशनसहित कतारी श्रम कानूनको नेपाली भाषामा अनुवाद, कतारको राष्ट्रिय मानव अधिकार समितिमा कानूनी परामर्शदाताका रुपमा काम गरेका छन् । राष्ट्रिय मानव अधिकार समिति कतारमा आवद्ध मियाले कतारमा विभिन्न समस्यामा परेका हजारौं नेपाली कामदारको पक्षमा नीति निर्माणमा सहजता र पैरवीको काम गरिरहेका छन् । अरबी, नेपाली, उर्दू र हिन्दी भाषामा पाँच दर्जन पुस्तक प्रकाशित गरेका प्रो. मियामा अरबी नेपाली, अंग्रेजी र हिन्दी उर्दु भाषाको विज्ञता रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु