दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रेडिअन्ट कप भोलिदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर ६ गते, बुधबार १६:४५

काठमाडौं, मंसिर ६ गते ।रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न विद्यालयका जम्मा ४८ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले जानकारी गराए । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी हुने छन् । सिनियरलाई ८ समूह तथा बाँकी २ टिमलाई ४ समूहमा विभाजन गरी खेल खेलाइने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने रेडिअन्टकी भाइस प्रिन्सिपल शुभद्रा कुँवरले जानकारी गराइन् । सिनियर ब्वाइज र गल्र्समा निम्स तथा जुनियर ब्वाइजमा युनिक डिफेन्डिङ च्याम्पियन हुन् । तीनै टिमको यो संस्करणमा सहभागिता छैन ।
पत्रकार सम्मेलनमा रेडिअन्टका इसीए इन्चार्ज दिलिप कार्की र लेभल इन्चार्ज विनोद कार्कीले प्रतियोगिताको विविध पक्ष बारे जानकारी गराए । मंसिर १५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ । पहिलो दिन १० खेल हुने रेडिअन्टका बास्केटबल प्रशिक्षक आशिष महर्जनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु