दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रेडियन्टको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर ८ गते, शुक्रबार १८:२६

आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलले नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेको छ ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले श्री नवीन ज्योतिलाई २०–१६ ले पराजित ग¥यो । रेडियन्ट सुशंकेत बनेपालीले ६ अंक जोडे । सोही स्पर्धामा पुष्पसदनले ग्रिन लाउन्सलाई १८–१५ ले हरायो । पुष्पसदनका जेसनले १२ स्कोर गरे ।
सिनियर ब्वाइजमा ज्ञानोदयले ओएसिसलाई २७–२४, निसर्ग वाटिकाले पुष्पसदनलाई ३१–२९, विल्सन एकेडेमीले एक्सेल पब्लिकलाई ३३–१५ र बिग बुद्धले एलआरआईलाई ३४–२८ ले पाखा लगाए । ज्ञानोदयका रिजन अधिकारीले १२, निसर्गका औनलाल श्रेष्ठले १८, विल्सनका अनुप मगरले १३ र बिग बुद्धका सौरभ श्रेष्ठले २० अंक जोडे ।
सिनियर गल्र्समा द एक्सेल्सियरले ओएसिसलाई २३–६ तथा जेसेसले ज्ञानोदयलाई १५–१२ ले पन्छाए । एक्सेल्सियरकी एकिना घिमिरेले १४ तथा जेसेसकी स्मृति थापाले २१ अंक जोडे ।
प्रतियोगिताको रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी र भाइस प्रिन्सिपल शुभद्रा कुँवरले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ गरी ४८ टिम सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु