मंसिर- ८ काभ्रे, अनेकोट- २ ज्यामिरकोटमा रहेको ज्ञानोदय आधारभूत विद्यालयमा बाल कक्षादेखि कक्षा ८ सम्मका विद्यार्थीहरु बिच अन्तर सदन हाजिर जवाफ प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितालाई तह अनुसार विभाजन गरिएको थियो । हरेक तहका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई विद्यालयले आयोजना गर्ने विशेष कार्यक्रमका दिन पुरस्कार प्रदान गरिने कुराको जानकारी विद्यालयका प्र.अ मेघनाथ अधिकारीले बताए ।
विद्यालयले विद्यार्थीहरुको चौतर्फी हितका लागि हरेक शुक्रबार विभिन्न खालका अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु आयोजना गर्ने कुरा बताउँदै यस्ता किसिमका कार्यक्रमले बालबालिका भित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउन सहज हुने कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले बताए । प्रतियोगितामा बिजय हुने विद्यार्थीहरुलाई बधाई दिनुका साथै आउँदा दिनहरूमा सञ्चालन हुने हरेक कार्यक्रमहरूमा सक्रिय सहभागिता हुन विद्यालयका शिक्षक माधब नेपालले सबै विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।