प्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १२ गते, मंगलवार ०७:१४

काठमाडौ ।प्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीत समीप निरौला युटुब च्यानलमा सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दूर लायौ’मा दीपक शर्माको शब्द र कार्कीजीको संगीत रहेको छ भने विशाल निरौलाको एरेन्ज रहेको छ ।
समीप निरौला, सिर्जना कोइराला र सुवास शाहको अभिनय रहेको वियोगान्त भावको भिडियोमा राम केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, माधव शर्माको सह निर्देशन र समीपकै कथा, पटकथा तथा निर्देशन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु