दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायक दिपक भुजेलको ‘तिमी आईदेउ’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १२ गते, मंगलवार १२:०८

काठमाडौं – गायक दिपक भुजेलले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘तिमी आईदेउ’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भुजेलको रहेको छ। गायक भुजेलका अनुसार यस गीतको सम्पूर्ण काम एकै दिनमा सम्पन्न गरिएको हो। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक भुजेल र कुशुम शर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। केशब राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक भुजेलको जन्मदिनको शुभ अवसर पारेर गायक भुजेलको च्यानल ‘दिपक भुजेल अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो। गायक भुजेलले सम्पूर्ण दर्शक स्रोतालाई भिडियो सुनेर, हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु