पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

स्वर्णिम क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १२ गते, मंगलवार १८:३४

काठमाडौं, मंसिर १२ गते । स्वर्णिम नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा स्वर्णिमले साइ निलायमलाई १०–६ ले पराजित ग¥यो । स्वर्णिमकी नितिशा महर्जनले ५ अंक जोडिन् ।
जुनियर ब्वाइजमा आयोजक रेडियन्टले साइ निलायमलाई १९–४, इडेन ब्रिज एकेडेम (इबीए) ले पिपुल्स एकेडेमीलाई २२–४ र श्रृजना ज्ञान सागरले रेडियन्ट रिडर्सलाई २०–६ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । रेडियन्टका अर्नभजंग कार्कीले ७, इबीएका आदित्य श्रेष्ठले ९ र श्रृजना ज्ञान सागरका प्रिमल तामाङले ९ स्कोर गरे । सोही स्पर्धाको लिग खेलमा ग्रिनफिल्डले ग्रिन लन्सलाई २३–३ ले पाखा लगायो । ग्रिनफिल्डका लागि रिसन तामाङले ७ अंक जोडे ।
सिनियर ब्वाइजमा ग्रिनफिल्डले स्किब्सलाई ३५–४, जेनिथले केभीसीलाई ४१–१६, रेडियन्ट पब्लिकले रेडियन्ट रिडर्सलाई ४३–२२ र पिपुल्सले विस्डमलाई ३४–१२ ले पन्छ्याउदै प्रिक्वाटरफाइनल यात्रा तय गरे । ग्रिनफिल्डका पुजन उप्रेतीले ११, जेनिथका अनिश गुरुङले ८, रेडियन्टका सन्तोष शर्माले १६ र पिपुल्सका सरोज न्यौपानेले १० स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु