एन्जल लर्ड क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १४ गते, बिहीबार ०५:२५

काठमाडौं, मंसिर १३ गते ।
सेब र एन्जल लर्ड नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सेबले पिपुल्स एकेडेमीलाई ४५–२९ ले पराजित ग¥यो । सेबको जितमा सुमित वज्राचार्यले १२ अंक योगदान गरे । रवि कार्कीको १० अंक सहयोगमा एन्जल लर्डले पुष्पसदनलाई ३५–३४ को झीनोअन्तरले हरायो ।
सिनियर ब्वाइजमै विल्सन एकेडेमीले माउन्ट ग्लोरीलाई ४२–१५, निसर्ग वाटिकाले बिग बुद्धलाई ४८–४१, आयोजक रेडियन्ट पब्लिकले एनआईसीलाई ४०–२१, ग्रिनफिल्डले ओएसिसलाई ४०–३६, ज्ञानोदयले सेन्ट्रल स्टेटलाई ३७–१४ र जेनिथले न्यु भिजन एकेडेमीलाई ३३–१४ ले पाखा लगाए । विल्सनका राजेश चौधरीले १८, निसर्गका अभनलाल श्रेष्ठले १६, रेडियन्टका लमिक योञ्जनले १९, ग्रिनफिल्डका अर्जुन बस्नेतले २०, ज्ञानोदयका दीपेश शाहीले १३ र जेनिथका अनिश गुरुङले ९ स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु