एफआईएमको साधारण सभामा नासा नेपाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १४ गते, बिहीबार ०५:३५

काठमाडौं । फेडेरेशन ईन्टरनेशनल दि मोटरसाईक्लिजम (एफआईएम)को साधारण सभामा भाग लिन नेपाल अटोमोेबाईल्स् एसोसिएसन (नासा नेपाल)का उपाध्याक्ष अनिल बराल बुधबार बेलायत प्रस्थान गरेका छन् ।
विश्वकै अग्रणी र एकमात्र मोटरसाईक्लिस्ट फेडेरेसनले आफ्नो अवार्ड कार्यक्रम समावेश गरेको साधारण सभा आगामी शुक्रबार लिभरपुलमा आयोजना गरेको छ ।
नासा नेपालका अध्यक्ष दशरथ रिसाल, कार्यकारी निर्देशक गोविन्द भट्टराई, सचिव विनोद तण्डुकार, सह(कोषाध्यक्ष कमला छेत्री तथा एक्सपल्स राईडर्स नेपाल क्लबका अध्यक्ष कुन्दन श्रेष्ठले बुधबार त्रिभुवन विभानस्थलमा बराललाई बिदाई गरेका छन् ।
सन् २०२२ मा विश्वभर संचालित प्रतियोगिताका विजयी खेलाडी, प्रमोटर, मोटरसाईक्लिङ कम्पनी, टुरिङ र ईभेन्ट आयोजक समेतलाई यस वर्ष पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा विश्वभरबाट ६ सय बढीको सहभागीता रहनेछ ।
विश्वका १ सय १९ देशको मोटरसाईक्लिस्ट फेडेरेशन सदस्य रहेको एफआईएमले मूलत मोटरसाईकल रेसिङ, टुरिङ तथा र्यालीङ र विभिन्न प्रचारात्मक तथा सिर्जनात्मक कार्य गर्दै आएको छ ।
नेपाल अटोमोबाईल्स एसोसिएसन सन् २०११ देखि एफआईएमको कन्ट्री मेम्बर रहेको छ । जसको मोटरसाईक्लिस्ट कमिसनले एफआईएमसँग सम्बन्धित कार्य गर्दछ । जेनेभामा हेडक्वार्टर रहेको एफआईएमका स्पोर्टस्, वियोण्ड स्पोर्टस् र एफआईएम एकेडेमी गरी तीनवटा क्षेत्र रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु