सांस्कृतिक नाटक ‘बोधि ‘सत्व’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १४ गते, बिहीबार ०५:४३

सितल आचार्य काठमाडौं
सांस्कृतिक नाटक ‘बोधि(सत्व) मान्छेले आफ्नो जीवनमा आफ्नो क्षणिक खुशीको लागि विभिन्न उद्देश्य राखेर अघि बढ्ने क्रममा आफुलाई झन्–झन् दुःखतिर धकेलिरहेको अवस्था छ । दुःख भयो भनेर झन् त्यो कुरा सोचेर फेरि दुःखमा धकेलिरहेको हुन्छ । मान्छेले आफ्नो स्वार्थ र खुशीको लागि नराम्रो कर्म गरिरहेको छन् । वास्तवमा मान्छेले आफ्नो जीवनमा अरुको हितको लागि गर्नुपर्छ । मनमा बोधि चित्त उत्पन्न गर्नु पर्छ अर्थात राम्रो चित्त बनाई लोकजनको उपकार गर्नु करुणा हो । कसैकोकुभलो नचिताई राम्रो चित्तराख्नाले वोधिज्ञान प्राप्त भई वोधिसत्वको मार्गमा पुग्न सकिन्छ भन्ने कुरा यस सांस्कृतिक नाटक ‘बोधि(सत्व’मा देखाउन खोजिएको छ ।
नाटकको परिकल्पना, लेखन तथा निर्देशन चर्या नृत्य गुरु चन्द्रमान मुनिकारज्यूले गर्नु भएको हो भने नाट्य रुपान्तरण इँगिहोपो कोँइच सुनुवारले गरेको हो । यस नाटकमा मुख्य पात्रको रुपमा सुदन मुनिकार तथा कलाकारहरु संगिता थापा, युवाहाङ राई, अनिशा श्रेष्ठ, सन्तोष गिरी, अजय लामा, सृजना शर्मा, अन्जु श्रेष्ठ, नविन काफ्ले, नानुमैया महर्जन र सचिन लामा हुनुहुन्छ भने संगित संयोजनमा निरज शाक्य र यचु शाक्य छन् । यस नाटकलाई ममा आर्ट्सको सहकार्यमा बज्र कला कुञ्जको प्रस्तुति रहेको छ । यस नाटकको लागि काठमाडौं महानगरपालिकाको सहयोग रहेको छ ।
बज्र कला कुञ्जले यस अघि नामसंगति, कुमारी र पचली भैरव जस्ता सांस्कृतिक नाटकहरु पनि मञ्चन गरिसकेका छन्भने कला कुञ्ज तिन दशक देखि निरन्तर रुपमा नेपालको मौलिक कला, संस्कृति मुर्त तथा अमुर्त सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्धन तथा उत्थानमा लागि परेको छ ।
यो नाटक यहि मंसिर २० गतेदेखि पुष ४ गतेसम्म हरेक दिन साँझ ५ बजे कौसी थिएटर, टेकुमा मञ्चन हुनेछ ।
सम्पर्क ः ९८४१२२५११६, ९८४३०१२९२७ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु