दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रेडियन्ट पब्लिकको दुवै टोली सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १५ गते, शुक्रबार ६:४४

आयोजक रेडियन्ट पब्लिकको जुनियर ब्वाइज र सिनियर गल्र्स दुवै टोली नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले पुष्पसदनलाई २७–१० ले पराजित ग¥यो । रेडियन्टको जितमा विदान कार्कीले ८ अंक योगदान गरे । जुनियर ब्वाइजमै दीप रोकायाको ६ अंक सहयोगमा ग्रिनफिल्डले श्री नवीन ज्योतिलाई १७–८ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो ।
सिनियर गल्र्समा रेडियन्ट पब्लिकले जेनिथमाथि २३–१७ को जित दर्ता ग¥यो । विजयी टिमका लागि दिब्यान्शा कार्कीले १८ अंक जोडिन् ।
सिनियर ब्वाइजमा जेनिथले विल्सन एकेडेमीलाई ५६–३१, ज्ञानोदयले निसर्गलाई ५१–२० र एन्जल लर्डले ग्रिनफिल्डलाई ३६–२७ ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे । जेनिथका सुशिल शाहीले २०, ज्ञानोदयका दीपेश शाहीले २३ र एन्जल लर्डका रवि कार्कीले १७ स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु