दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दिप्सन र श्रृष्टिलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १५ गते, शुक्रबार ६:५३

गोदावरी इन्टरनेसनल तेक्वान्दोका दिप्सन महर्जन र न्युजेनकी श्रृष्टि स्याङबोले दोश्रो एनटीए लिग तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । एकल पुम्सेको यु–१२ पुरुषमा दिप्सन तथा महिलामा श्रृष्टि पहिलो भएका हुन् ।
पुरुषमा गोदावरीका निरब महर्जन दोश्रो तथा न्युजेनका आरभचन्द ठकुरी र सुप्रिम शिव बाबाका थुप्तेन योञ्जन तेश्रो भए । महिलामा गोदावरीका एरिन महर्जन दोश्रो तथा युमी पाख्रिन र प्रकृति प्रजा तेश्रो स्थानमा रहे ।
नेपल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पेयर पुम्सेको यु–१२ मा न्युजेनका श्रष्टि स्याङबो र आरभचन्द्र ठकुरी पहिलो भए । टिम पुम्सेका यु–१२ मा गोदावरीका दिप्सन महर्जन, निरब महर्जन र आयुध शाहीले शीर्ष स्थान हात पारे । सो स्पर्धाको महिलामा गोदावरीका युमि पाख्रिन र एरिन महर्जनले स्वर्ण जिते ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा पुम्से र ग्यरोगीमा जम्मा ७२ स्वर्णका लागि करिब ६५० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु