मनिषा अर्याल ,साइप्रस-
नेपाल मगर संघ साइप्रसले जनवरी १४ तारिकका दिन लिमासोलको Fantastic hall मा भव्यरुपमा माघेसंक्रान्ति मनाउने भएको छ ।
भेषभुषा, भाषा, धर्म, संस्कृतिको संरक्षण एवं, विश्वभरीका मगरहरुको एकता अहिलेको आवश्यकता’ भन्ने मुल नारा सहित मगरसंघले यहि आउदो १४ जनवरीका दिन सांस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ति मनाउने भएको हो ।
चर्चित कलाकार ज्योती मगरको सांगीतिक प्रस्तुति रहेको उक्त कार्यक्रम लिमासोलको fantastic hall मा हुने भएको छ। साथमा स्थानीय कलाकाहरुको पनि बेजोड प्रस्तुति रहने मगर संघ साइप्रसकी कोष अध्यक्ष निरु राना मगर ले जानकारी दिनुभएको छ।
साइप्रसमा विभिन्न नेपालीपन झल्काउने, मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मगर संघ साइप्रसले यहाँ रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्दै नेपाली नेपालीलाई एकतामा बाध्दै नेपाली गित सङ्गीत कला तथा कलाकारहरुलाई सम्मान गर्दै कार्यक्रम आयोजना गरेको महासचिब यज्ञ राना मगर ले बताउनु भएको छ।