जेसिज र श्रृजना ज्ञान सागर सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १६ गते, शनिबार ०५:४४

काठमाडौं, मंसिर १४ गते ।जेसिज र श्रृजना ज्ञान सागर नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । जेसिज सिनियर गल्र्स तथा श्रृजना ज्ञान सागर जुनियर ब्वाइजमा सेमिफाइनलमा पुगेका हुन् ।
सिनियर गल्र्समा जेसिजले केभीएसलाई २२–१७ ले पराजित ग¥यो । जेसिजको जितमा विप्रिशा श्रेष्ठले २० अंक योगदान गरिन् । विश्वास घलेको ९ अंक सहयोगमा श्रृजना ज्ञान सागरले पिपुल्स एकेडेमीलाई २१–१३ ले हरायो ।
सिनियर गल्र्समा स्वर्णिमले एलआरआईलाई १२–३ तथा रिब्सले द एक्सेल्सियर स्कुललाई १९–१२ ले पाखा लगाए । स्वर्णिमकी हिसी लामाले ६ तथा रिब्सकी खुशी अधिकारीले ८ स्कोर गरे ।
सिनियर ब्वाइजमा आयोजक रेडियन्ट पब्लिकले सेबलाई ४०–३० ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का ग¥यो । रेडियन्टका रोहित चौधरीले २० अंक जोडे । जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले ओरेकल रेमाथि १८–९ को जित दर्ता ग¥यो । इबीएका आदित्य श्रेष्ठले १२ अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु