दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अन्तराष्ट्रिय अपाङ्गता दिवसको पहिलो अनुभवः

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १६ गते, शनिबार २१:०४

टीका दाहाल

संसार भरी अङ्ग्रेजी महिना नोभेम्बर र डिसेम्बरमा विभिन्न दिवसहरु मनाउने गरिन्छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान,नोभेम्बर २९ महिला मानव अधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस,डिसेम्बर १ एडस दिवस, डिसेम्बर ३ अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवस र डिसेम्बर १० अन्तराष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाउने गरिन्छ । उक्त दिवसहरुको अवसरमा विभिन्न सिमान्तकृत समूहहरुले आफ्ना हक अधिकारहरु समान रुपमा दावी गरि आवाज वुलन्द पारिरहेका हुन्छन भनेसंयुक्त राष्ट्रसंघ र सरकारले वनेका कानुनको पुनरावलोकन गर्ने, कार्यान्वयनको अवस्थाको समिक्षा गर्ने र अपुग कुराहरुलाई थप गर्न नयाँ कानुन या कार्यक्रम वनाउन सुझाव दिने या नयाँ प्रतिवद्धताहरु गर्ने गर्दछन् ।

आज म २७ वर्ष अगाडी भर्खर ९ औं अपाङ्गता भएका ब्यक्तिको अन्तराष्ट्रिय दिवस मनाइरहेका थियौ सोको स्मरण गर्न चाहन्छु । जुल वेला भर्खर काठमाण्डौं प्रवेश गरेको थिए ।

अपांगता भएका व्यक्तिको लागि शिप विकास तालिम केन्द्रमा मेरो पहिलो प्रवेश थियो । आमा वुवाको काख वाट एक्कासि टाढा भएको पहिलो दिन एक विरानो र नयाँ संसारमा आफ्नो भविष्य खोज्दै पहिलो पटक प्रवेश गरेको थिए । आफू डेढ वर्षको कलिलो उमेरमा देव्रे खुट्टामा पोलियो थोपा नपाएर अपाङ्गताको अवस्था अनुभव गरिहेको थिए । दिनचर्या खासै सकारात्मक लाग्दैन थिए तर समय आफ्नो हातमा थिएन उमेर युवा अवस्थामा पुगिसकेको थियो आफ्नै मनको जिम्मेवारी प्रत्येक दिन थिचिएको महसुस भैरहेको हुन्थ्यो । केहि सिक्ने, केहि गर्ने र आफ्नो खुट्टामा उभिनु पर्ने मनको दवाव तर अवसरको ढोका वन्द भइरहेको अवस्थामा काठमाण्डौं मा भरखर विवाह गरि आउनु भएको मेरो दिदि र भिनाजुको म प्रतिको विश्वास र साथ दिनु पर्छ भन्ने सकारात्मक हौसलाले उक्त ठाउंमा म जोडिन पुगें । मोरंगको श्री साजिलाल स्कुल, सुन्दरपुरमा जसोतसो एसएलसि सकाएं जहाँ आफू जस्ता अपांगता भएका व्यक्ति न विद्यालयमा थिए न टोल छिमेकमा । त्यसैले पनि म मात्र अभागी किन छु यस्तो अवस्था भोगिरहेको छु जस्तो लाग्थ्यो । जव उक्त तालिम केन्द्रमा थुप्रै आफू जस्तै र फरक अपांगता भएका झण्डै २५ जना जति साथिहरुको हुलमा थिएं तव झन दिक्क लाग्यो । एक महिना जति एक अर्काको अनुहार हेरेर कुरा गर्न गाह्रो भयो किन कि आफ्नो अपांगता लाई स्वीकार गरिसकेको थिइन भने अरुसंग साथि वन्ने त कुरै भएन । केहि समय जति त आफैं लाई धिक्कारे आमा वुवा र दिदि भिनाजु देखि पनि रिस उठ्यो किन यस्तो ठाउंमा ल्याउनु भयो के मेरो लागि अरु सवै संग बाच्न संसार वनेकै छैन त?
तर समय ले कोल्टो फेर्यो विस्तारै मनमा उर्जा, दिमागमा आइडियाले फुर्न थाल्यो साथिहरु आफ्ना हितैसि लाग्न थाले र वन्न थाले ठूला ठूला योजना हरु जुन अपांगता प्रतिको विभेद जसरी अन्त्य गर्ने, तालिम लिने, विभिन्न सभा सम्मेलनहरुमा सहभागि हुने, आफू वसेको घर र ठाउं पहाड भएकोले खाल्डाखुल्डी पुरेर पहुँचयुक्त वनाउन श्रमदान गर्ने कार्यहरु तिव्ररुपमा अगाडी वढन थाले । आफू सक्षम छु म भन्दा कमजोर अपांगता भएका साथिहरुलाई सहयोग गर्नु पर्छ आवाज उठाउनु पर्छ भन्ने सहयोगि भावनाको विकास हुन थाल्यो र सोहि अनुसार नै मेरो दिन चर्या वित्न थाल्यो । हामि सवै कम्प्युटरको तालिम लिइरहेका थियौ उक्त तालिममा पनि अव्वल हुन प्रयासरत थिएं र दिनमा कम्प्युटर सिक्ने राति अवेर सम्म नेपाली टाइपिंग गरेर तालिम पछि जसरी पनि जागिर खाने धोको थियो र पछि थोरै भए पनि पुरा भएको थियो, अहिले सम्म पनि मेरो नेपाली इंग्लिस टाइपिंग अरुको भन्दा अव्वल नै छ जस्तो लाग्छ ।

अन्तराष्ट्रिय अपाङ्गता दिवसको पहिलो अनुभवः

उक्त तालिम केन्द्रमा हामि आवासिय नै वस्ने गथ्र्यौं । सन् १९९६ डिसेम्बर ३ कोे अघिल्लो दिन एक कल आयो सवैलाई दिवसमा सहभागि हुन अनुरोध सहित संचालक ले भने खासै अनुमति दिनु भएन, धेरै जना थियौ ट्याक्सि खर्च पनि धेरै लाग्ने भएर हो कि किन थाहा भएन । तर हामि चुप लागेर वस्नेवाला थिएनौं जसरी जान पाउनु पर्छ भनेर धर्ना कस्यौं सायद मुल गेटमा ताल्चा नै लगायौं कि जस्तो याद आउछ । त्यसरि शशि दिदिलाई अनुनयविनय गरिरह्यौं उहाँको पनि मन पग्लियो क्यारे ३ वटा ट्याक्सी व्यवस्था गरेर हामिलाई जान अनुमति दिनु भयो । मनमा उथलपुथल थियो, अनगिन्ति कुराहरु खेलिहेका थिए साथिहरुसंग उमंग लिएर कार्यछ’क्रमस्थल पुग्यो । महिला वालवालिका मन्त्रिज्युको प्रमुख आतिथ्यतामा र्याली शुरु हुन लागेको थियो आर्मि र प्रहरी को व्याण्डवाजा सहित झकिझाउ व्यानरहरुको विचमा प्रमुखअतिथिज्युले रिवन काटेर घण्टी वजाएको आवाजले मन प्रफुल्ल थियो । सयौं मानिसहरु को भिडमा म पनि केहि हुँ भन्ने पहिचान सहित सभा विसर्जन हुने ठाउंमा आर्मि अफिसर्स क्लव सहिदगेट पुगियो र कार्यक्रम शुरु भयो ।

मन्त्री र ठूला मान्यजनहरुको भाषण सकिए पछि सांस्कृतिक कार्यक्रमहरु शुरुवात हुने उदघोष भयो इच्छुकले नाम टिपाउन आग्रह गरियो म र साथीहरुले गित गाउन नाम टिपायौं । पहिलो पटक अपांगता भएका व्यक्तिले भाषण गरेको, गीत, कविता र नाटक आदि प्रस्तुति गरेको देखेर निकै हौसला मिल्यो । म प्राय सानै देखि गित गाउने गर्थे र निकै रुचि पनि थियो । स्थानिय ठाउंमा थोरै मानिसका अगाडी गाउनु र ठूलो मासमा गाउनु निकै फरक पर्ने रहेछ, गित त गाउन थालियो तर स्केल हाइवाट उठेछ नर्भस भएर गाउनै सकिएन दर्शक दिर्घामा तालि वज्ने साटो हासो गुन्जियो लाजले रातो भएर स्टेजवाट तल झारियो । मनमा हारको खिन्नता त भयो तर निरासा भने भएन अर्को पटक राम्रो गर्ने अठोट साथ नयाँ साथि पाएको मन फरुंग थियो । विस्तारै संगित, भाषण गर्ने कला, उद्घोषण कला र लेख्ने कला विकास गर्दै अवसरहरुको सदुपयोग गर्ने क्रम शुरु भयो । यसरी लैंगिक विभेद, अपांगता प्रतिको भेदभाव, मानव अधिकार को हनन् र तिरस्कारको विरुद्ध आवाज उठाउने, खवरदारी गर्ने र आफू जस्तै साथिहरुलाई संगठित गरी शसक्त वनाउने कार्यमा जुटिरहन यहि दिवसले अवसर दिएको हो । तसर्थ हामिले दिवसको दिनलाई केहि छुटेका, छोडिएका र हिंसा विभेद सहेर वसेका व्यक्तिलाई जागरुक वनाइ खुलेर वाहिर आउन प्रेरित गर्नु पर्दछ भन्ने लाग्छ । यद्यपि दिवसलाई मनाउने र विर्सिने गर्नु हुन्न भएका राम्रो कामको समिक्षा र सम्मान गर्नु, अवरोधहरु पहिचान गर्नु र आगामी दिनका लागि राम्रो योजनाहरु व्नाउनु जरुरी हुन्छ । जसवाट विभेद रहित समतामुलक घर, समाज र राष्ट्र वन्न सक्छ ।

अन्त्यमा, अपाङ्गता भएका भएका ब्यक्तिको ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरु तथा यस क्षेत्रमा क्रियाशील सम्वद्ध सबैको उत्तरोत्तर प्रगति, सुख, शान्ति र समृद्धिका लागि पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

(लेखिका दाहाल नेपाल अपांग महिला संघको अध्यक्षका साथै महिला अधिकारकर्मि हुनुहुन्छ )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु