तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

जेनिथ, रेडियन्ट र जेसिसलाई रेडियन्ट कप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १८ गते, सोमबार ४:३७

काठमाडौं, मंसिर १७ गते ।
जेनिथ, आयोजक रेडियन्ट पब्लिक र जेसिसले नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । जेनिथ सिनियर ब्वाइज, रेडियन्ट जुनियर ब्वाइज र जेसिस सिनियर गल्र्समा च्याम्पियन बने ।
सिनियर ब्वाइजको फाइनलमा जेनिथले आयोजक रेडियन्टलाई ५८–४५ ले पराजित ग¥यो । जेनिथको जितमा प्रज्ज्वल बस्नेतले २३ अंक योगदान गरे ।
जुनियर ब्वाइजको फाइनलमा विधान कार्कीको १२ अंक सहयोगमा रेडियन्टले ग्रिनफिल्डलाई २०–१९ को साँघुरोअन्तरले हरायो ।
स्युचाटारस्थित आयोजक रेडियन्टको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा जेसिसले रिब्समाथि १८–१३ को जित दर्ता ग¥यो । जेसिसकी कृति मोक्तानले ७ स्कोर गरिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय प्रज्ज्वल, विधान र कृति आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा एनआईसी एकेडेमी, जुनियर ब्वाइजमा ओरेकल रे र सिनियर गल्र्समा काठमाडौं भ्याली स्कुल अनुशासित टिम चुनिए ।
विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी, कार्यक्रम संयोजक दिलिप कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ गरी जम्मा ४८ टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु