गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १८ गते, सोमबार ०४:५४

काठमाडौं । गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक गरेका छन् ।दीपक शर्माले शब्द तथा सङ्गीत रहेको गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तिको लागि युवकले गरेको प्रयासको भाव उतारिएको छ । कुमार केसीको निर्देशन रहेको भिडियोमा उषा उप्रेती र दिनेश काफ्लेको अभिनय छ ।

अनिल के. मानन्धरको छायाङ्कन तथा मनोज कार्कीले भिडियोमा छ ।वि.सं. २०६० देखि गायनमा सक्रिय सुरजको यो १६औँ गीत हो । आफ्नै एल्बमको रूपमा उनले पहिलो पटक २०६९ सालमा ‘सुर हार्मोनिकल नोट’ नामबाट एल्बम बजारमा ल्याएका थिए । श्रेष्ठका ‘जिस्कन्छे मुईयाले’, ‘मुद्दा हाल्दिनु’, ‘पहिलो माया’, ‘भुल्यौ की’, लाग्दैन निद्रा’ लगायतका गीतहरू चर्चित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु