डान्सिङ भर्सनको ‘सुनिदेउ न’ म्युजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १८ गते, सोमबार १३:१५

काठमाडौं – युवा गायक अबिराज लकान्द्रीले आफ्नो पहिलो सांगीतिक सौगात ‘सुनिदेउ न’ सार्वजनिक गरेका छन्। यस गीतमा स्वर, शब्द र संगीतमा स्वयम् गायक लकान्द्रीको रहेको छ। गीतको अडियोको काम ‘क्लास एक्स’ मा गरिएको हो। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गायक लकान्द्री, सुम्निमा रानाबिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

प्रशान्त योगीले छायाँकन गरेको यस गीतको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्। शान्ती तामाङ सहाएक निर्देशक रहेको यस गीतको भिडियोलाई बिराज खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो गायकको आफ्नै च्यानल ‘अबिराज मार्फत सार्वजनिक भएको हो।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु