दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्यानडा जान लागेका विद्यार्थीको रोजाई बन्दै स्टडी डेस्टिनेसन सेन्टर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १८ गते, सोमबार १९:०२

काठमाडौं, मंसिर १८ । काठमाडौंको बागबजारमा रहेको स्टडी डेस्टिनेसन सेन्टर (एसडीसी) ले आइतबार अध्ययनका लागि क्यानडा जान लागेका विद्यार्थीलाई एक समारोहबीच बिदाई गरेको छ ।
सेन्टरका प्रबन्ध निर्देशक अमित खड्काले जनवरी इन्टेकका लागि जाने विद्यार्थीलाई शैक्षिक सफलताको कामनासहित बिदाई गरिएको बताए । उनीहरुलाई त्यहाँको शैक्षिक र अन्य अवस्थाको बारेमा पनि जानकारी गराइएको खड्काको भनाई छ । ‘नयाँ देशमा जाँदा त्यहाँको सिस्टम र अन्य प्रक्रियाका बारेमा थप जानकारी दिनका लागि ‘प्रि डिपार्चर सेसन’ गरिएको हो’ खड्काले भने ‘विद्यार्थीले त्यहाँ गएर के गर्ने र के नगर्ने भन्ने विषयमा पनि प्रष्ट रुपमा जानकारी दियौं ।’ ७ वर्षदेखि क्यानडामा विद्यार्थी पठाउँदै आएको सेन्टरले अष्ट्रेलिया, यूएसए र यूकेलगायतका देशमा पनि विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि पठाउँदै आएको छ । क्यानडा जाने विद्यार्थीका लागि विद्यार्थीको पहिलो रोजाई एस्डीसी बनेको छ । क्यानडामा पढाइसँगै अन्य सम्भावना पनि राम्रो भएकाले विद्यार्थी क्यानडा जान आकर्षित हुने गरेको प्रबन्ध निर्देशक खड्काले बताए ।

सेन्टरले ललितपुरको लगनखेलमा, झापाको विर्तामोड र दमकमा, पोखरामा पनि शाखा सञ्चालन गरेको छ । १० वर्ष अघिदेखि व्यवसाय गरेर आफूलाई स्थापित गर्दै आएका खड्काले विद्यार्थीलाई सही सूचना दिनु नै आफ्नो पहिलो कर्तव्य भएको बताएका छन् । लगनखेलमा आशा थापाले, विर्तामोडमा भिष्म दाहालले र दमकमा रोमन आचार्यले शाखाको नेतृत्व गरेका छन् । प्रबन्ध निर्देशक खड्काले केही दिनमा नै काभ्रेको बनेपामा पनि शाखा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । पोखरामा घटस्थापनाको दिन खुलेको शाखाको नेतृत्व माधुरी पौडेलले गरेकी छिन् ।

प्रबन्ध निर्देशक खड्काले प्रत्येक इनटेकमा जाने विद्यार्थीका लागि ‘प्रि डिपार्चर सेसन’ गरिँदै आएको बताए । उनले विद्यार्थीलाई अध्ययनका लागि विदेश जाँदा भरपर्दो कन्सल्टेन्सीसँग बुझेर मात्र जानसमेत आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु