एथलेटिक्समा हिमरश्मीलाई ४ स्वर्ण ः

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १९ गते, मंगलवार ०४:१९

हिमरश्मीले दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुदअन्तर्गत एथलेटिक्सको पहिलो दिन ४ स्वर्ण जितेको छ । पहिलो दिन ८ स्वर्णका लागि फिल्ड इभेन्टका खेल भएकोमा एलएनएले २ तथा सेक्रेट हार्ट र ग्राम सेवाले समान १–१ स्वर्ण हात पारे ।
ज्याभिलन थ्रोको पुरुषमा सेक्रकेट हार्टका केन्द्र लिम्बू र महिलामा ग्राम सेवाकी सपना तामाङ तथा लङजम्पको पुरुषमा हिमरश्मीका अशिम सेढाईं र महिलामा एलएनएकी सुजाता बलामी पहिलो भए । दोहोरो स्वर्ण जितेकी सुजाता त्रिपलजम्पमा अब्बल बनिन् ।
सटपुटको पुरुषमा हिमरश्मीका सुविन तामाङ र महिलामा हिमरश्मीकी एलिना विक तथा त्रिपलजम्पको पुरुषमा एलएनएका सैलेश श्रेष्ठले स्वर्ण चुमे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु