उसुमा किन्डरगार्टेनको वर्चस्व ः

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १९ गते, मंगलवार ०४:२३

दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुदको उसुमा किन्डरगार्टेनको वर्चस्व रह्यो । १८ स्पर्धामा प्रतिस्पर्धा भएकोमा किन्डरगार्टेनले १४ स्वर्णमाथि कब्जा जमायो । एन्जल्स हार्टले २ तथा हिमरश्मी र कालीदेवीले १–१ स्वर्ण हात पारे ।
मनमैजुस्थित अजिमा हलमा भएको प्रतियोगिताको थाउलोतर्फ नानछ्वानको पुरुषमा हिमरश्मीका सार्थक आचार्य र महिलामा किन्डरगार्टेनकी करिना बोहरा, छाङछ्वानको पुरुषमा किन्डरगार्टेनका विजन रोक्का क्षेत्री र महिलामा कालिदेवीकी यर्मिया तामाङ तथा थाइची छ्वानको पुरुषमा किन्डरगार्टेनका एनेक्स महर्जन र महिलामा किन्डरगार्टेनकी विपना तामाङले स्वर्ण जिते ।
सान्सौंको पुरुष ३९ केजीमुनि किन्डरगार्टेनका उत्सव महर्जन, ४२ केजीमुनि किन्डरगार्टेनका प्रशान्त बोहरा, ४५ केजीमुनि किन्डरगार्टेनका अनिश श्रेष्ठ, ४८ केजीमुनि किन्डरगार्टेनका अदित कार्की, ५२ केजीमुनि किन्डरगार्टेनका अनिश महर्जन, ५६ केजीमुनि एन्जल्स हार्टका साजन महर्जन र ६० केजीमुनि एन्जल्स हार्टका मनीष महर्जनले पहिलो स्थान हात पारे ।
महिलाको ६० केजीमुनि किन्डरगार्टेनकी आयुष्ना अधिकारी, ४५ केजीमुनि किन्डरगार्टेनकी अंकिता श्रेष्ठ, ४८ केजीमुनि किन्डरगार्टेनकी राशिका श्रेष्ठ, ५२ केजीमुनि किन्डरगार्टेनकी अनिषा कार्की र ६० केजीमुनि किन्डरगार्टेनकी सुजिता खनाल शीर्ष स्थानमा रहे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु