भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १९ गते, मंगलवार ०४:२७

काठमाडौं ।कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माणपक्षबिच सोमबार औपचारिक रुपमा सम्झौता भएको हो । निर्देशक सम्राटले केही समय अघि ‘कंगारु’ घोषणा गरेका थिए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएका थिए ।

राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ ।

कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिम भन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् । यो फिल्ममा काम गर्ने सम्झौता गर्दै गर्दा आफू निकै नै उत्साहित रहेको कलाकार घिमिरेले बताए ।

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।

फिल्मको सह–निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलीया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलीया) रहेको छ ।

फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स (युके)ले पनि सहकार्य गरेको छ । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।

केदार घिमिरे सम्झौता भएसँगै फिल्मको बिषयमा निर्देशक बस्नेत भन्छन्–‘केही फरक कथा भन्न मन लागेको छ । कंगारुका लागि हामीले स्क्रिप्टमा मात्र २ बर्ष समय लगाएका छौं । दर्शकले, यसपटक फरक स्वादमा फिल्म हेर्न पाउनुहुनेछ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु