स्ट्याग ग्लोबल टेबल टेनिस लिग सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २० गते, बुधबार ०७:२०

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगितामा ९ टिम सहभागी छन् । पहिलो दिन कान्तिपुर भ्याली पिङपोङ क्लबले १३, आयोजक स्ट्यागले १२, नेपाल एपीएफ क्लबले १०, नेपाल आर्मीले ९, एभीएम टीटी क्लबले ८, नेपाल प्रहरी क्लबले ७ र गोड स्पिन टीटी एकेडेमीले ६ अंक जोडे । ज्ञानभैरव डिल्ली बजार टीटी क्लब र नगाउँ स्पोर्ट्स क्लब समान ५–५ अंकमा छन् ।
प्रतियोगिताको विजेताले २ लाख नगद पुरस्कारसहित रनिङ शिल्ड पाउनेछ । कन्सेप्ट मेकर्सको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको उपविजेताले एक लाख र तेश्रो हुने टोलीले समान ५०–५० हजार नगद पुरस्कार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका कार्यकारी निर्देशक समेत रहेका अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता शनिबार समपन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु