सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २० गते, बुधबार १६:०३

काठमाडौ ।३२ औं अपाङ्गता दिवशको अवसरमा नेत्रहिन क्रिकेट संघ,नेपालले आयोजना गरेको नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौले जित्न सफल भएको छ । बुधवार भएको फाइनलमा टस जितेर फिल्डिङ्ग रोजेको वाग्मतिले कास्कीलाई २० ओभरको निधारित खेलमा १५४ रनको योगफलमा रोकेको थियो । उक्त रन जोड्ने क्रममा कास्कीले ९ व्हिृकेट गुमाएको थियो भने कास्कीको लागि सुनिल राना मगरले सर्वाधिक ५३ रन बनाएका थिए । वाग्मतिको लागि किरण चलाउनेले २, निश्चल शिवाकोटी,भुपराज पाठक र सुजन श्रेष्ठले १/१ व्हिृकेट हात पारेका थिए । निर्धारित १५५ रनको लक्ष्य प¥यायदै वाग्मतिले १५.५ओभरका मात्र २ व्हिृकेट गुमाएर भेट्टाएका थियो । वाग्मतिका लागि भुपराज पाठकले सर्वाधिक ४१ रन बनाएका थिए भने कास्कीका युवराज भण्डारीले २ व्हिृकेट हात पारेका थिए। फाइन खेलको प्लेयर अफ द म्याच वाग्मतिका भुपराज पाठक भएका थिए।

मंसिर १७ देखि २० गते सम्म मुलपानी क्रिकेट मैदानमा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, वाग्मति काठमाडौं तथा राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोली विचमा भएको नेत्रहिन क्रिकेट प्रतियोगितामाको समापन समारोहका प्रमुख अतिथि रास्वपाका सांसद हरि ढकालले विजेता वाग्मति टिमलाई रु ३०००० नगद, सिल्ड, तथा प्रमाणपत्र तथा उपविजेता कास्कीलाई रु१५००० नगद, सिल्ड तथा प्रमाणपत्र हस्तान्तराण गरेका थिए। प्रतियोगिताको प्लोयर अफ द सिरिज सुनिल राना मगर भएका थिए । नेत्रहिन क्रिकेट संघ नेपालका अध्यक्ष पवन धिमिरोले राज्यले समावेशी खेलकुदलाई पक्षपात गरेको अनुभव व्यक्त गर्दै आगामी दिन समावेशी खेलकुद तथा अपाङ्गता भएका खेलाडीहरुको उचित सम्मान हुनुपर्ने आवाज समेत उठाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु