एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

सानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २१ गते, बिहीबार ०५:२२

काठमाडौं, मंसिर २० गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई अझ मजबुत ढंगले अगाडि बढाउनु पर्ने बताएका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता बुधबार सानको कार्यालयमा भएको बैठकमा सदस्य–सचिव घिसिङले राज्यका विभिन्न निकायसंग समन्वय गरी सानलाई वैज्ञानिक ढंगले अगाडि बढाउदै मजबुत बनाउनु पर्नेमा जोड दिएका हुन् ।
‘सानलाई मजबुत बनाउन प्रदेश र स्थानिय निकायसंग सहकार्य गरी अगाडि बढ्नु आवश्यक छ । नेपाली खेलकुदलाई वैज्ञानिक ढंगले कसरी अगाडि बढाउन सकिन्छ यो विषयमा गम्भीर भए काम गर्नुस् ।’ सदस्य–सचिव घिसिङले बैठकमा भने– ‘सरोकारवाला सबै संग छलफल गरेर खाका तयार गर्नुस् ।’
बैठकमा राखेपका पूर्व सदस्य–सचिव युवराज लामाले सानै उमेरदेखि बालवालिकालाई खेलकुदमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता औल्याए ।
सानका निर्देशक कृष्णप्रसाद तिम्सिनाले सानले विगतमा गरेको कार्यक्रमको जानकारी गराउनुका साथै भावी कार्यक्रम बारे पनि प्रकाश पारेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु