पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

एन्जल्स हार्ट र हिमरश्मीलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २२ गते, शुक्रबार ०६:५३

एन्जल्स हार्ट र हिमरश्मीले दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको उपाधि बिहीबार जितेका छन् । एन्जल्स हार्ट जुनियर ब्वाइज तथा हिमरश्मी गल्र्समा च्याम्पियन बने ।
जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई २४–१९ ले पराजित ग¥यो । एन्जल्स हार्टका रुपेश पौडेलले १५ अंक जोडे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा हिमरश्मीले ल्यान्डमार्कलाई २०–१८ ले हरायो । हिमरश्मीकी सुनिशा मिश्रले ७ स्कोर गरिन् ।
विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जुनियर ब्वाइजमा १० तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
भलिबल ः
हिमरश्मी र नेपाल राष्ट्रिय मावि दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको भलिबलतर्फ ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । कालीदेवी मावि तेश्रो भयो ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी भइरहेको प्रतियोगिताको गल्र्समा एन्जल्स हार्ट र मानसिंह धर्म मावि उपाधिका लागि भिड्ने भएका छन् । लालीगुराँस नेसनल एकेडेमीले तेश्रो स्थान हात पा¥यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु