दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

कर्णालि प्रदेश सेभेन रग्बि प्रतियोगिता हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २२ गते, शुक्रबार २०:१७

कर्णाली प्रदेश रग्बि संघको आयोजना तथा कर्णालि प्रदेश खेलकुद बिकास समितिको सहयोग तथा गोर्खालि रग्बि क्लब काठमाडौंको टेक्निकल सहयोगमा यहि मिति २०८० मंसिर २३ र २४ गते हुन गइरहेको कर्णालि प्रदेश सेभेन रग्बि प्रतियोगिता २०८० कालिन्चोक रग्बि रंगशालामा हुने भएको छ ।१०औ राष्ट्रिय प्रतियोगिताको मुख्य तयारिको लागि कर्णाली प्रदेश बाट ७ पुरुष टिमको सहभागिता रहने छ । कर्णाली प्रदेश रग्बि संघ र गोर्खालि रग्बि क्लब काठमाडौं संग यस प्रदेश रग्बि संघको २ वर्ष सम्मको लागि कर्णाली प्रदेशमा रग्बिको बिकास र बिस्तारमा टाइ अप हस्ताक्षर गरेको थियो यसैको बाबजुत हामिले नेपाल रग्बि संघ‌ तथा बागमती प्रदेश खेलकुद बिकास समितीको आयोजनामा भएको दोस्रो बागमती प्रदेश नेसनल रग्बि सेभेन २०८० मा स्वर्ण पदक र कोशी प्रदेश रग्बि संघ तथा नेपाल रग्वि संघको सयुक्त आयोजनामा भएको नेसनल यु २० राष्ट्रिय प्रतियोगितामा यस कर्णाली प्रदेशले स्वर्ण पदक सफल भएको थियो ।
गोर्खाली रग्बि क्लब र कर्णाली प्रदेश रग्बि संघको मुख्य उद्देश्य कर्णाली प्रदेशमा गाउँ देखि केन्द्र सम्म रग्बि खेलको बिकास गर्ने उदेश्य रहेको छ ।
प्रतियोगितामा यस प्रदेशबाट ७ जिल्लाको सहभागिता रहने छ जसमा :- सुर्खेत, दैलेख, कालिकोट, मुगु, जुम्ला, रुकुम पुर्व र सल्यान बाट पुरुष टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता भोलि ९:०० बजे बाट लिग चरणमा खेलाइने छ । जसमा समुह ए मा ४ टिम र समुह बि मा ३ टिम रहनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु