तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बागमती छनोट सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २४ गते, आईतवार ६:२५

नेपाल वादोरियो कराते डो संघको आयोजनामा हुने चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा सहभागी हुने बागमती प्रदेशका खेलाडीको शनिबार टुंगो लागेको छ ।
भूतखेलमा भएको छनोट प्रतियोगिताबाट पुरुष ४५ केजीमा काठमाडौंका वरदान मोक्तान, ५० केजीमा मकवानपुरका समिर लामा, ५५ केजीमा काठमाडौंका डेविडकुमार श्रेष्ठ, ६० केजीमा काभ्रेका सुविन्द्र घिसिङ, ६५ केजीमा सिन्धुपाल्चोकका मिङमार लामा, खुलामा रसुवाका पासाङ ग्याल्जेन र एकल कातामा काठमाडौंका सुजिन तामाङ छनोट भए ।
महिलाको ४० केजीमा ललितपुरकी सेवधी तिमिल्सिना, ४५ केजीमा काठमाडौंकी नेत्रकुमारी लामिछाने, ५० केजीमा ललितपुरकी प्रशंसा पहरी, ५५ केजीमा ललितपुरकी दिया पहरी, ६० केजीमा खुशी राई, खुलामा रसुवाकी देजेन डोल्मा तामाङ र एकल कातामा अप्सरा मगर छानिए । राष्ट्रिय प्रतियोगिता पुस २७ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु