दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कर्णाली प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्स प्रतियोगिता सफलता पूर्वक सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २४ गते, आईतवार ८:३८

काठमाडौं । कर्णाली प्रदेश रग्बि संघको आयोजना, कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग तथा गोर्खालि रग्बि क्लबको प्राबिधिक सहयोगमा कर्णाली प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्स प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएकोछ ।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत कालिन्चोक स्थित रग्बी मैदानमा आज मिति २०८० मंसिर २३ गते कर्णाली मै पहिलो पटक शनिवार संचालन भएको प्रतियोगितामा सल्यान जिल्लाले उपाधि जित्यो भने, दोस्रो सुर्खेत भयो भने तेस्रो रुकुम पश्चिम भएको छ ।

कर्णाली प्रदेशमा पहिलो पटक आयोजना भएको प्रदेश स्तरीय रग्बी सेभेन्स पुरुष प्रतियोगितामा कर्णाली प्रदेशका हुम्ला, डोल्पा, जाजरकोट बाहेक अन्य सात जिल्लाको उत्साहा जनक सहभागिता रहेको थियो ।
कर्णाली प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय रग्बी सेभेन्स पुरुष प्रतियोगितामा उल्लेखनिय दर्शकको उस्थितिले कर्णालीमा रग्बी खेल प्रतिको आक्रषण निकै बढ्ने सम्भावना छ ।

प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले गर्नु भएको थियो भने उक्त उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङज्यूको समेत विशेष उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु