दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायक सुशील ज्ञवालीले लजाउँदै लजाउँदै लोकदोहोरी गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २४ गते, आईतवार ८:५७

काठमाडौं ।गायक सुशील ज्ञवालीले लजाउँदै लजाउँदै बोलको आफ्नो नविनतम लोकदोहोरी गीत सार्वजनिक गरेका छन्।
गायक ज्ञवालीले सुशील ज्ञवाली नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको फरक प्याटनको लोकदोहोरी गीत करिब तीन लाख युट्युब प्रयोगकर्ताले हेरिसकेका छन्। मिठो सुनिने लोकदोहोरीमा गायक ज्ञवालीलाई गायनमा गायिका शान्तिश्री परियारले साथ दिएकी छन्। हरि गिरी विमर्शीको शव्द रचना र संगीत तथा एचबिएन किस्मतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको छ। गीतमाथि रमाइलो ढंगको भिडियो निर्माण गरिएको छ। गम्भिर विष्ट र गीता ढुंगानाले अभिनय र नृत्य गरेको भिडियोको निर्देशन र कोरियोग्राफी गम्भिर विष्टले गरेका छन् भने छायांकन निर्देशन अर्जुन तिवारी तथा सम्पादन र भिएफएक्स मनोज कार्कीको रहेको छ।
एक दशकदेखि जापानमा बसेर रेष्टुराँ व्यवसायमा संलग्न रहँदै आएका ज्ञवालीले हालै नेपाल आएको मौका पारेर रेकर्ड गरेको गीत म्युजिक भिडियोसहित जापान पुगेर सार्वजनिक गरेका हुन्। नवलपरासीको रजहरका सुशीललाई संगीतको रस यसरी बस्यो कि देश छोडेर विदेशमा बसे पनि झझल्को भने गीतसंगीतकै आउने गर्छ रे। गाउँमै ९÷१० कक्षामा पढ्दादेखि नै स्कुलमा हुने कार्यक्रममा गीत गाउन अघि सर्ने उनी जापानमा हुने सांस्कृतिक कार्यक्रममा पनि गीत गाउन मञ्चमा चढ्छन्।
२०६४ सालमा पहिलोपटक लोकदोहोरी एल्बम रैछौ चिटिक्कै बजारमा ल्याएर आफूलाई गायकका रूपमा अघि सारेका सुशीलको पहिलो एल्बमकै शीर्ष गीतले बजार पिटेपछि उनलाई यो क्षेत्रमा निरन्तरता दिन सजिलो भएको रहेछ। पहिलो एल्बम र त्यसको गीत चलेपछि सुशीलले लगत्तै २०६५ सालमा दोस्रो एल्बम दाइको साली ल्याएका थिए। त्यसयता तिम्रै बोली सुनेर रोईला, बोलायो मायाले, आमाको बेदना, हाम्रो नवलपरासि, लास्टै मन परेर, चुरिया छ्याई छ्याई, तिम्रै माया लाग्छजस्ता लोक र लोकदोहोरी गीत बजारमा ल्याईसकेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु