समाजसेवी प्रकाश धमलालाई मानार्थ कोरियन नागरिकता प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २४ गते, आईतवार ०९:४५

काठमाडौं ।नेपाल र कोरियाबीच संस्कृति आदान प्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्याए बापत कोरियाको सौल महानगरपालिकाले समाजसेवी प्रकाश धमलालाई मानार्थ कोरियन नागरिकता प्रदान गरेको छ । कोरियामा बसोबास गर्ने बिदेशी नागरिकलाई हरेक बर्ष प्रदान गरिने उक्त सम्मानले नेपाल र कोरियाबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सौल आयोजना गरिएको बिशेष समारोहमा धमला सहित १४ देशका नागरिकलाई सो मानार्थ नागरिकता प्रदान गरिएको हो।

धादिङ जिल्ला ज्यामरुङमा जन्मिएका धमला २ दशकअघि उच्च शिक्षा अध्ययनको शिलशिलामा कोरिया गएका थिए। उनी कोरियाको प्रतिष्ठित विश्वविधालय सौल नेशनल युनिभर्सिटीबाट पब्लिक हेल्थमा अध्ययन पूरा गरि हाल सौल स्थित एक अस्पतालमा अनुसन्धानकर्ताको रुपमा कार्यरत छन्। कोरियन सरकारका उच्चपदस्थ अधिकारी, कोइकाबाट नेपाल जाने स्वयंसेवक तथा कुटनीतिक नियोगका प्रमुखहरुलाई नेपाल अउनुअघि नेपाली भाषा तथा संस्कृतिको विषयमा तालिम प्रदान गर्दै आउनुभएको छ। यसको साथै कोरियन सरकारले कोरिया स्थित बहुसांस्कृतिक परिवारका सदस्यहरुलाई कोरियाली समाजमा समाहित हुनको लागि संचालन गर्ने तालिममा प्रशिक्षण दिने, बहुसांस्कृतिक परिवारका बालबालीकाहरुलाई नेपाली भाषा तथा संस्कृति अध्यापन गराउने लगायतका कामहरुमा सहभागि हुँदै आउनुभएको थियो। कोरियाको नेपाली समाजमा परिचित धमला गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका प्रवक्ता पनि हुन त्यस्तै उनी नेपाली विद्यार्थी समाज दक्षिण कोरियाका पूर्व सभापति, बाग्मती प्रदेश एकता समाज दक्षिण कोरिया र धादिङ समाज दक्षिण कोरियाको संरक्षकको रुपमा नेपाली समुदायमा योगदान पुर्याउनुदै आउनुभएको छ। कोरियामा विदेशी विद्यार्थी अध्ययन गर्न प्रचार प्रसार गरेकोले यसअघि सन् २०१० मा कोरियान सरकारको शिक्षा मन्त्रालयले शैक्षिक दूतको रुपमा मनोनित पनि गरेको थियो।
धमला सहित यो मानार्थ नागरिकता पाउने नेपालीको संख्या ८ पुगेको छ । यसअघि केपी सिटौला, देन्जी शेर्पा, राजु क्षेत्री, भजिन्द्र बहादुर क्षेत्री, जुनु गुरुङ्ग र हर्क बहादुर गुरुङ्ग (भीम गुरुङ्ग) र गम्भीरमान श्रेष्ठ , नवराज सिवाकोटीले मानार्थ नागरिकता प्राप्त गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु