तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गायक जितेन लेप्चाको ‘के भयो तिमीलाई’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २४ गते, आईतवार १२:५२

काठमाडौं – गायक जितेन लेप्चाको नयाँ सांगीतिक कोसेली ‘के भयो तिमीलाई’ सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको गीतमा शब्द, संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ। यस गीतलाई श्याम महर्जनले संगीत संयोजन गरेका हुन्। युरोपको अति रमणिय ठाऊ बार्सेलोना सिटीमा भिडियोको सम्पूर्ण छायाँकन भएको हो।

म्युजिक भिडियोमा बिनोद गुरुङ र समी गुरुङको अभिनय रहेको छ। गीतको भिडियोलाई सुरज मैनाली 1 MB को छायाँकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। यसअघि यो गीत फिमेल भर्सनमा सिजाशु श्रेष्ठको स्वरमा समेत सार्वजनिक भैसकेको छ। गायक लेप्चा एक समयका चर्चित गायक हुन्। उनको स्वरमा रहेको ‘तिमीले साथ’ बोलको गीत दर्शक स्रोता माझ लोकप्रिय छ।

यसअघि गीतकार श्रेष्ठको शब्द संगीतमा रहेको ‘तिमीले साथ’, ‘आँखा वरिपरी’, ‘निष्ठुरी’, ‘के भयो तिमीलाई’, ‘तिमी पनि एक्लै’ लगायात थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। नयाँ म्युजिक भिडियो गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्सन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु