आज बालाचतुर्दशी : बिहानैदेखि देशभरका शिवालयमा शतबीज छरिदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २५ गते, सोमबार ०६:००

काठमाडौं : मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानैदेखि देशभरका शिवालयमा शतबीज छर्नेको घुँइचो लागेको छ। आइतबार रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका हुन्।

बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ।

हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छर्ने गरेका छन्।

त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु