रोयल इनफिल्डको हन्टर ब्रेकफाष्ट राइड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २५ गते, सोमबार १३:५८

काठमाडौं ।रोयल इनफिल्डको “हन्टर ब्रेकफाष्ट राइड” आयोजना भएको छ ।
निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड”को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले ‘रोयल इनफिल्ड हन्टर ब्रेकफाष्ट राइड कार्यक्रम आयोजना गरिएको हो ।
यस राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइर्डस्हरु सहभागी भएका थिए ।

यस कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा सम्बन्धी जनचेतना, सुरक्षित राइड, ठाऊ संरक्षण एवम् प्रर्बद्धन गर्नु रहेको थियो ।

मंसिर २३ गते बिहान ७ः३० बजे रोयल इनफिल्डको शोरूम नक्सालबाट सुरु भएको यो राइड रोयल इन्फिल्ड सोरुमदेखि दरबारमार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, सोल्टिमोड, कंलकी, हुदै कालुपाण्डे हिलसम्मको रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु