समाजबादी मोर्चा नेपालले मंसिर ३० गते भब्यरूपमा सन्देश सभा गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २७ गते, बुधबार ०६:३९

नुवाकोट – समाजबादी मोर्चा नेपाल नुवाकोटको दोस्रो बैठक नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज क .निर्देश सी को अध्यक्षतामा बैठक बसि मोर्चाका घटक दल माओवादी केन्द्रको तर्फबाट नुवाकोट जिल्ला संयोजक क.पुष्प लामिछाने (अरुण )र जिल्ला सचिव कल्पना रिमाल, कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीको तर्फबाट केन्द्रिय परिषद सदस्य क.याम बहादुर खाति (क्षेत्री ) जनता समाजबादी पार्टीका तर्फबाट बागमती प्रदेश सचिव ईश्वर राउत,जिल्ला संयोजक शेर बहादुर बिका,सहसंयोजक, रामकृष्ण ढकाल ,राज न्यौपाने, बिप्लब नेतृत्वको नेकपा तर्फबाट नुवाकोट जिल्ला सेक्रेटरी क.संगम सी युवा संगठन नेपालका पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज क.जीवन सी को उपस्थितिमा सन्देश सभा मङ्सिर ३० गते बिदुरको होटेल शनसाइन नुवाकोटमा भब्यरूपमा गर्ने महत्त्वपूर्ण निर्णय गरि पत्रकार सम्मेलनको क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै पत्रकार सम्मेलन मार्फत बैठकको निर्णय सर्बजनिक गर्दै सम्पन्न भएको छ ।

मोर्चाका अध्यक्ष : क.निर्देश सी (केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बिप्लब नेतृत्वको नेकपा )
सदस्यहरु : क.संगम सी (जिल्ला सचिव ,नेकपा)
क.पुष्प लामिछाने ( बागमती प्रदेश सचीवलय सदस्य तथा जिल्ला संयोजक ,माओवादी केन्द्र)
क.कल्पना रिमाल (जिल्ला सचिव माओवादी केन्द्र ) गाेबिन्द नेपाली ( जिल्ला अध्यक्ष ,एकीकृत समाजवादी)
क.यम कुमार खाती(केन्द्रिय परिषद सदस्य एकीकृत समाजवादी )
क.शेर बहादुर बि.का (जिल्ला संयोजक,जनता समाजबादी ) क. राज न्यौपाने (जिल्ला सचिव ,जनता समाजबादी )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु