
ठमेल । मौलिक लोकदोहोरी क्षेत्र र लोकसंगीतको जर्गेना गर्दै छोटो समयमै सबैको मन जित्न सफल टप राजधानी रोधी क्लब प्रालिको पहिलो वार्षिकोत्सव सम्पन्न भएको छ ।
काठमाडौंको मुटु मानिने पर्यटकीय गन्तव्य ठमेल स्थित टप राजधानी रोधी क्लबले मंसिर २५ गते देखी २७ सम्म विभिन्न कार्यक्रम आयोजना गर्दै वार्षिक उत्सब मनाएको हो।
प्रतिनिधि सभा साँसद पूर्णबहादुर तामाङ (कान्छाराम)को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सव समारोहमा बोल्दै प्रतिनिधि सभा साँसद पूर्णबहादुर तामाङले रामेछापको दुर्गम गाउँबाट आएका गायक प्रकाश कटुवालले काठमाडौंको केन्द्र ठमेलमा टप राजधानी रोधी क्लब स्थापना गरेर नेपाली गीतसंगीतको विकाशमा महत्वपूर्ण योगदान दिईरहेको बताए ।

कार्यक्रममा सबैलाई स्वागत गर्दै सो क्लबका अध्यक्ष एवम् राष्ट्रिय संगीतकर्मी संघका कार्यबाहक अध्यक्ष गायक प्रकाश कटुवालले टप राजधानी रोधी क्लब ठमेलमा स्थापना गरेका एक वर्ष भए पनि आफुले यसअघि पाँच वर्षसम्म बालाजुको माछापोखरीमा सञ्चालन गरेको बताए,‘नेपाली मौलिक गीत संगीत सुन्दै मिठो खानाको स्वाद लिने पाखरीहरुका लागि हामीले एक वर्ष अघि स्थापना गरेको यो रोधी क्लबले अहिले करिब ८० जना कलाकार तथा कर्मचारीलाई रोजगार दिईरहेको छ । ठेमल क्षेत्रमा हामी एक वर्षमा उत्कृष्ट रोधी क्लब बन्न सफल भएकोमा खुसी छौं’, उनले भने ।
वार्षिकोत्सवमा विभिन्न कलाकार,पत्रकार तथा सहयोगीहरुलाई पनि सम्मान गरिएको थियो ।


