काठमाडौं ।अनेकोट- २ ज्यामिरकोटमा रहेको ज्ञानोदय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई यस वर्षको शैक्षिक भ्रमण काठमाडौंको चन्द्रागिरी केबलकार चढाई भालेश्वर मन्दिर दर्शन गराइयो । शैक्षिक अबलोकन भ्रमणमा कक्षा दुईदेखि कक्षा ८ सम्मका विद्यार्थीहरु सहभागी गराइएको थियो।
शैक्षिक भ्रमणमा शिक्षक शिक्षिका एवं केहि अभिभावक पनि समाबेश गराइएको थिए । भ्रमण अत्यन्तै रमाइलो एवं केबलकार चढ्दा नौलो अनुभव भएको कुरा भ्रमणमा सहभागी एक विद्यार्थी सरिष्मा अधिकारीले बताएन् । त्यसैगरी अर्का विद्यार्थी लक्ष्मी सापकोटाले आफू पहिलो पटक केबरकार चढेको र नयाँ अनुभव भएको बताइन् । सहभागी सबै विद्यार्थीलाई खाना एवं खाजा खुवाइएको थियो । विद्यालयका शिक्षक माधब नेपालले यो कार्यक्रम विद्यार्थीका लागि बनभोज र शैक्षिक अबलोकन भ्रमण दुबैको अनुभब बढ्ल्ने खालको रहेको बताए ।
विद्यालयले विद्यार्थीहरुको चौतर्फी हितका लागि हरेक वर्ष यस्ता खालका कार्यक्रमहरु आयोजना गर्ने कुरा बताउँदै यस्ता किसिमका कार्यक्रमले बालबालिका भित्र लुकेर रहेको जिज्ञासा मेटाउन सहज हुने कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले बताए । त्यसै गरि विद्यालयका शिक्षक सरोज अधिकारीका अनुसार सरकारी विद्यालयमा बजेट नहुने हुँदा यस्ता कार्यक्रम गर्न सार्है कठिन हुने र अभिभावकको सहयोगले गर्न सकिने कुरा बताए । अर्का शिक्षक पत्न बहादुर तामाङले यस्ता कार्यक्रम हामी प्रत्येक वर्ष गर्दछौं र यसले बालबालिकामा थप आकर्षण आउने गरेको कुरा बताए ।