दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रदेश स्तरीय हाप्किडो सेमिनार सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १ गते, आईतवार ५:२६

बागमती प्रदेश हाप्किडो संघको आयोजना तथा नेपाल हाप्किडो संघको सहकार्यमा बागमती प्रदेश स्तरीय लिडरसिप, प्रशिक्षक र रेफ्री सेमिनार काठमाडौंमा शनिवार सम्पन्न भएको छ । सेमिनारमा बागमतीका प्रदेशका नौ जिल्लाका हाप्किडो प्रशिक्षकहरूको उपस्थिति थियो । गत महिना देखि विभिन्न प्रदेशमा यसै किसिमको कार्यक्रम आयोजना भइरहेको छ । हालसम्म गण्डकी र लुम्बिनी प्रदेशको प्रशिक्षण कार्य सकिएको छ । निकट भविष्यमा नै अन्य चार प्रदेशमा सेमिनारको आयोजना गरिने संघले जनाएको छ ।
सेमिनारमा १ सय जनाको हाप्किडो प्रशिक्षकको सहभागिता रहेको थियो । नेपाल हाप्किडो संघका मुख्य प्रशिक्षक प्रवीण गुरुङले सहभागीलाई दीक्षित गरेका थिए । आसन्न प्रदेश र केन्द्रीय स्तरको प्रतियोगितालाई मध्यनजर गर्दै सो सेमिनारको आयोजना गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु