दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अरहान्त र विपना स्क्वास च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १ गते, आईतवार ५:३४

अरहान्तकेशर सिंह र विपना ब्लोन एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० मा शनिबार च्याम्पियन बनेका छन् ।
सातदोबाटोमा भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर एक अरहान्तले अमिर ब्लोनलाई चार सेटमा ६–११, ११–७, ११–४ र ११–८ ले पराजित गरे । अरहान्तको खेलजीवनको १४ औं एकल उपाधि भएको छ । महिला एकल फाइनलमा विपना ब्लोनले वृmष्णा थापालाई चार सेटमै ११–८, ८–११, ११–६ र १३–११ ले निराश हराइन् ।
यसैगरी यु–१९ गल्र्समा साक्षी सुनुवार फाइनलमा रेनेसा महर्जनलाई सीधा सेटमा ११–२, ११–१ र ११–२ ले हराएर च्याम्पियन बनिन् । सो स्पर्धाको ब्वाइज फाइनलमा विकास तुम्सिङ मगरले पासाङ ब्लोनलाई चार सेटमा ११–७, १२–१४, ११–६ र ११–४ ले पाखा लगाए । यसैगरी मास्टर्स ५० वर्षमाथि छविलाल पाइजा पुन प्रज्ज्वल प्रधानलाई ३–१ सेटमा र प्लेट च्याम्पियन्सिपमा पासाङ ब्लोनले दिव्यराज वज्राचार्यलाई सोझो सेटमा ३–० ले हराएर च्याम्पियन भए ।
नेपाल स्क्वास ¥योकेट्स संघ स्थापनाको ३५ वर्ष पुगेकोे अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वासको आयोजना भएको हो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई एक्स स्टेपले पुरस्कार प्रायोजन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु