दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

माया जाेख्ने तराजु’काे म्युजिक भिडियाे सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १ गते, आईतवार ५:४१

काठमाडौं । टिआर गाैंडेलकाे शब्दरचना र निर्देशनमा रहेकाे ‘माया जाेख्ने तराजु’काे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।गौडेलको गीत डिजिटल नेक्स्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।क्यान्सरका बिरामीप्रति समर्पित गरिएकाे गीतमा बाबुल गिरी र समीक्षा अधिकारीको स्वर रहेको छ।

गीतमा संगीत तथा एरेन्ज बाबुलले नै गरेका हुन्।सर्जक स्वयं गौडेलले नै निर्देशन गरेको गीतको भिडियोलाई पवन शुस्लिङको छायांकन र शिलन लम्सालको सम्पादन गरेका छन्।भिडियोमा प्रथम क्षेत्री र पुनम श्रेष्ठको अभिनय रहेको छ।

जापानी भाषामा समेत सबटाइटल राखिएको गीतको जापानी भाषानुवाद आबे मिनाकोले गरेका छन्।यसअगाडि गाैडेलले निर्माण, लेखन तथा निर्देशन गरेकाे लघु चलचित्र ‘हन्ड्रेड रुपिज’ सिओल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा मनोनयनमा परेको थियाे।दिया मास्के अभिनित यस चलचित्र विश्वभरिका प्रतिष्ठित फिल्म फेस्टिभलमा मनाेनित तथा प्रदर्शन भएकाे थियाे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु