एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल शुक्रबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २ गते, सोमबार १९:२६

काठमाडौं, पुस २ गते ।प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा समितिमा आबद्ध विभिन्न १८ विद्यालयका ५० टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले जानकारी गराए । सिनियर ब्वाइज र गल्र्समा समान १६–१६ तथा जुनियर ब्वाइजमा १८ गरी जम्मा ५० टिमले भाग लिने छन् ।
सहभागी टिमहरुमा चैतण्य, स्पाङगल, इनोभेटिभ, सूर्योदय, स्वाप्न वाटिका, श्रृजनशील, लिटिल फ्लावर, लिभरपुल, एसियन पब्लिक, हेम्स, सनसाइन, अल्बर्ट, काठमाडौं इङलिस स्कुल, काठमाडौं जेभियर्स पब्लिक, भद्रघले, अक्षर एकेडेमी, एआईए र डेनेब फ्लोरिडा रहेका छन् । खेल लिग कम नकआउट आधारमा खेलाइने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने समितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक धनप्रसाद सुब्बाले जानकारी दिए ।
प्रतियोगिताका खेलहरु मध्य बानेश्वरस्थित काठमाडौं जेभियर्स र शंखमूलस्थित एआईएको कोर्टमा खेलाइने छ । काठमडौं जेभियर्समा समूह चरणका खेलहरु मात्र खेलाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु