दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल भोलिदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २ गते, सोमबार १९:२८

समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ ।
पुरुषमा २० तथा महिलामा ५ टिमको सहभागिता रहने राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक एवं प्रतियोगिता संयोजक विकास शाहीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । महिलाको प्रतिस्पर्धा सिंगल राउन्ड रोविनका आधारमा हुनेछ ।
दुवै समूहका विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् । पुरुष÷महिलाका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल पुस १० गते हुनेछ ।
एडुक्वेस्ट नेपालको सहयोगमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख खर्च हुने आयोजकले जनाएको छ ।
नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले कोभिडपछि बास्केटबलको गतिविधिले विस्तारै लय समाटेको बताउदै संघले विशेष गरी उमेरसमूहको प्रतियोगितालाई जोड दिएको बताए ।
समृद्धिका अध्यक्ष मनोहरकुमार भट्टराईले समृद्धिले खेलकुदलाई प्राथमिकता दिएकै कारण बास्केटबल प्रतियोगिता आयोजनामा सहकार्य गरेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु