अपाङ्गता भएका महिलाहरुको अधिकार तथा न्यायमा पहुँचका सवालमा ध्यानकर्षण पत्र हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ३ गते, मंगलवार ०३:४६

शर्मिला विश्वकर्मा, ललितपुर

अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालले हिजो पुस २ गते अपाङ्गता भएका महिलाहरुको अधिकार तथा न्यायमा पहुँच सम्बन्धी सवालहरु समावेश गरेर राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनालाई ध्यानाकर्षण पत्र बुझाएको छ । दशै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा राष्ट्रिय समावेशी आयोगको कार्यकक्षमा अपाङ्गता भएका व्यक्तिहरुका प्रतिनिधि मुलक संस्थाका प्रतिनिधिहरुसँग गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आयोजक संस्थाकी अध्यक्ष निर्मला धितालले राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनालाई उक्त ध्यानकर्षण पत्र हस्तान्तरण गर्नु भएको हो ।
यसै क्रममा उहाँले राष्ट्रिय समावेशी आयोगले अपाङ्गता भएका व्यक्तिहरुका सबै सवालहरुलाई सम्बन्धीत निकायहरुले पूर्ण रुपमा कार्यन्वयन गर्नु पर्ने भनेर सिफारिस गर्नुका साथै कार्यन्वयन भए न भएको अनुगमन पनि गर्नु पर्ने बताउदै अपाङ्गता भएका महिलाहरुको न्याँयको लागि संवेदनशील हुनु पर्ने बताउनु भयो ।
उक्त ध्यानकर्षण पत्र बुझ्दै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सबै निकायहरुले संवोधन गर्नु पर्ने, अपाङ्गता अनुकुलको भौतिक संरचना निर्माण गरी अवसरहरुबाट बञ्चित गर्न नहुने, भएका ऐन कानुनहरुलाई पूर्ण रुपमा कार्यन्वयन गर्नु पर्ने लगायतका धेरै भन्दा धेरै सवालहरुलाई संवोधन गरिनु पर्ने भनि सिफारिस गरिएको बताउनु भयो । अबका दिनमा पनि यस ध्यानकर्षण पत्रमा समावेश गरिएका अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई कार्यन्वयन गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने भन्दै राज्यले अपाङ्गता मैत्री बजेट ल्याउनका लागि अर्थ मन्त्रालयसँग पनि पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालले राष्ट्रिय समावेशी आयोगमा बुझाएको ध्यानकर्षण पत्रमा अपाङ्गता भएका महिलाहरु विभिन्न हिंसामा परेको, अपाङ्गताकै कारण न्याय नपाएको, अपाङ्गताको विविधतालाई स्वीकार गर्दै सोही अनुसारको वातावरण निर्माण गरेर काम गर्नु पर्ने, सबै निकायहरुमा अपाङ्गता मैत्री संरचना निर्माणको लागि वकालत तथा पैरवी तथा वकालत गरिनु पर्ने सवाहरु समावेश गरिएको छ । साथै अपाङ्गता भित्रको बिबिधता, उनीहरुको अवस्था, प्रकृति, गर्भिर्यता, भोग्ने समस् अवरोध, भेदभाव लगायत उनीहरुले गर्ने अनुभवहरु सबैमा धेरै बिबिधता छ, तसर्थ आयोगबाट उनीहरुलाइ सेवा सुबिधा प्रदान गर्दा उनीहरुको समस्या, अवरोध र आवश्यकता पहिचान गरि सम्बोधन गर्नु पर्ने, उनीहरुका समस्या, अवरोध र आवश्यकतालाई समाधान गर्न आयोगले यस बिषयमा अध्यायन अनुसन्धान गर्नु पर्ने लगायतका अति महत्वपूर्ण सवालहरु समावेश गरिएको छ ।
साथै आयोगको केन्द्रीय कार्यालय र यसका मातहतका कार्यालयहरुमा विभिन्न अपाङ्गता भएका महिला तथा व्यक्तिहरु उजुरी गर्न आउने सिलसिलामा भाषागत सूचना तथा संचारमा अवरोध पुग्ने बहिरा अपाङ्गता भएका व्यक्तिहरुका लागि सांकेतिक भाषा, अटिजम र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका लागि सरल तथा सचित्र भाषा र भाषा अनुवादक दोभाषेको व्यवस्था गर्नु पर्ने साथै आयोगले गर्ने सार्वजनिक सरोकारका कार्यक्रममा अनिबार्य रुपमा बहिरा व्यक्ति र साङ्गकेतिक भाषा दोभासेको व्यवस्था गर्नु पर्ने,
सीआरपीडीको प्रतिवेदन पश्चात अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्राप्तिका लागि सीआरपीडी समितिले गरेको सिफारिसको अनुगमन कार्य योजना बनाई समय समयमा अनुगमन गरि सरकार रयससँग सम्बन्धित सरोकारवालानिकायहरुलाई सिफारिस गर्नु पर्ने र आगामी प्रतिबेदन मार्फत संयुक्त राष्टसँग सिआरपिडि समितिलाई कार्यान्वयको अवस्था बारेजानकारी गराउँदा अपाङ्गता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति द्वारा संचालित महासंघ र संघहरु, सेवा प्रदायक निकाय, मानव अधिकार सम्बधि काम गर्ने सस्था,स्व-वकालतकर्ता, अभिभावकहरु समेतलाइ अध्ययनगरी पेस गर्नु पर्ने सम्बन्धमा सरकारका नाममा आदेश गरिदिनु पर्ने लगायतका सवालहरु पनि समावेश गरिएको छ ।
सो छलफलमा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अपाङ्गताको विविधतालाई स्वीकार गर्दै अपाङ्गता अनुकुलको भौतिक संरचना निर्माण गरी सेवा सुविधा प्रदान गरिनु पर्ने, राष्ट्रिय नीति छिटो भन्दा छिटो ल्याइनु पर्ने, अपाङ्गताको आवश्यकताको आधारमा गुणस्तरिय सहायक सामग्रीहरुको उपलब्धता गर्न वकालत तथा पैरवी गर्नु पर्ने, अपाङ्गताको विषयमा राज्यले अध्ययन गरेर कार्यक्रम सञ्चालन गर्नु पर्ने, राष्ट्रिय समावेशी आयोगका कार्यक्रमहरुमा अपाङ्गताका सवालहरुलाई समावेश गर्दै संवोधन गरिनु पर्ने, सहयोगी सहितको निर्णय पद्ती लागु गरिनु पर्ने सवालहरु प्रस्तुत गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु