तमू धीं साइप्रसद्वारा ल्होसार कार्यक्रमको तयारी तीव्र,

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ४ गते, बुधबार ०५:२३

साइप्रस,-गुरुङहरुको महान् पर्व ल्होसार साइप्रमा पनि साँस्कृतिक कार्यक्रमसहित मनाइने भएको छ । तमु समाज साइप्रसले गत बर्ष झै यस बर्षपनि ल्होसारलाई भव्य रुपमा मनाउने तयारी गरेको हो । ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए सँस्कृति हराउँछ, सँस्कृति हराए मानव अस्तित्व नै हराउँछ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै तमुसमाजले ल्होसार पर्व भव्य रुपमा मनाउने निर्णय गरेको हो ।

जन्मभुमि भन्दा टाढा रहेपनि आफ्नो भाषा, कला, संस्कृति र पहिचानलाई जोगाइ राख्न कार्यक्रम गर्न थालिएको तमु समाजकी महासचिव आयुस्मा गुरुङले बताउनुभएको छ। आफ्नो समुदायको साँस्कृतिक प्रस्तुति कौराहा नाच देखि लिएर अन्य थुप्रै विभिन्न नाचहरु समेत रहेको सल्लाहकार रबिना गुरुङले जानकारी दिनुभएको छ।
कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सवैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै कार्यक्रमलाई तीव्र पारिएको जानकारी प्राप्त भएको छ। जहाँ रहेपनि आफ्नो समुदायको भाषा, कला, संस्कृतिको संरक्षण गर्ने कर्तव्य सवैको भएकाले प्रदेशमै भएपनि सोही अनुरुप तमुहरु एकतावद्ध भएर कार्यक्रमको सुरु गरिएको तमुसमाजकि अध्यक्ष बाला कासी गुरुङ को भनाई छ । तमुले मातृभूमिदेखि टाढा रहेरपनि आफ्नो पहिचान र अस्तित्वको संरक्षण गर्न पाउनु सकारात्मक पक्ष रहेको जानकारी प्राप्त भएको छ। ल्होसार कार्यक्रमलाई सफल पार्नका लागि एकतावद्ध भएर लागिपरेको पनि अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ।

गुरुङहरुले यस पटक ह्युई ल्हो अर्थात् बिरालो वर्गलाई विदाई गरि मुप्रि ल्हो अर्थात् गिद्ध वर्गलाई स्वागत गदैछन् । सोही अवसरमा आयोजित कार्यक्रम यहि जनवरी ७तारिक आइतबार निकोसिया स्थित एक हलमा हुने भएको छ ।कार्यक्रम ११ बजेदेखि शुरु हुने समाजले जनाएको छ ।
आउदै गरेको तमुहरुको महान पर्व ल्होसारको अवसरमा तमुधींले आयोजना गरेको ल्होसार कार्यक्रममा सबैले विदा मिलाई उपस्थित भईदिन आयोजकले साइप्रसवासी सबै तमु एवं गैर तमु नेपालीहरुमा तमु धीं साइप्रसले निमन्त्रणा गर्नु भएका छन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु