दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एन्जल्स हार्टलाई सफलता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ५ गते, बिहीबार ५:३२

एन्जल्स हार्टले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार सफलता हात पारेको छ । एन्जल्स हार्टले ट्रिनिटीलाई ७९–६४ ले पराजित ग¥यो । एन्जल्स हार्टका सागर परियारले २३ स्को गरे ।
समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमै टाइमआउट, कीर्तिपुर र आईएसए नेपालले जित हात पारे ।
टाइमआउटले बौद्धलाई ७६–६९ ले हरायो । टाइमआउटका साम्देन दोर्जेले १९ अंक जोडे । कीर्तिपुरले योद्धालाई ९४–५९ ले पाखा लगायो । कीर्तिपुरको जितमा आशिष मगरले २८ अंक योगदान गरे । विवेक गौतमको ३३ अंक सहयोगमा आइएसए नेपालले स्नोल्यान्डमाथि ७४–६९ को जित दर्ता ग¥यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको महिलामा बूढानीलकण्ठ र भ्याली पब्लिक विजयी भए ।
भ्याली पब्लिकले जेभियर इन्टरनेसनल कलेजलाई ४७–४२ ले पन्छायो । भ्याली पब्लिकका लागि एन्जल गुप्ताले १२ स्कोर गरिन् । बूढानीलकण्ठले गोल्डेन गेट इन्टरनेसनल कलेजलाई ४४–२७ ले निराश पा¥यो । बूढानीलकण्ठकी विनामणीले १८ अंक जोडिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु