दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुशीला अधिकारी स्मृति प्रतिष्ठानद्धारा तीन विद्यार्थीलाई नगद पुरस्कार प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ५ गते, बिहीबार २०:४४

गोरखा ५ पुस : सुशीला अधिकारी स्मृति प्रतिष्ठान (समिट) नेपालले गोरखाको अजिरकोट गाउँपालिका वडा नं ३ काफलडाँडास्थित जीवनज्योति माध्यामिक विद्यालयका विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

प्रतिष्ठानले आज अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा र वडा नं ३ का अध्यक्ष बाबुराम अधिकारीको उपस्थितीमा जीवनज्योति माविका तीन विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

सो संस्थाले कक्षा ५ मा प्रथम हुने सफल गुरुङ, कक्षा ८ मा प्रथम हुने परितोसिका दवाडी र गरिब तथा जेहन्दारको तर्फबाट कक्षा ८ मा अध्ययरत मनिषा गुरुङलाई सम्मान गरिएको हो । उनीहरुलाई नगद रु ५००० सहित प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष देवकोटा र वडाअध्यक्ष अधिकारीले प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष देवकोटाले समिट नेपालले अजिरकोट गाउँपालिकामा गरेको समाजसेवाको उच्च प्रशंशा गर्दै आगामी दिनमा समेत निरन्तरताको अपेक्षा गर्नुभयो ।

वडाअध्यक्ष अधिकारीले प्रतिष्ठानले शैक्षिक सुधारको क्षेत्रमा गरेको कार्य सराहनीय भएको बताउनुभयो । स्वर्गीय सुशीला अधिकारीको स्मृतिमा स्थापित समिट नेपालले केही वर्षदेखि अजिरकोट गाउँपालिकामा निरन्तर शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको प्रतिष्ठानका संस्थापक अध्यक्ष कुस्माखर अधिकारीले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु